गए रातिदेखि परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले हालसम्म ६६ घर पूर्ण रूपमा बगाएको छ भने थप २३ घर उच्च जोखिममा परेका छन्। सशस्त्र प्रहरीका अनुसार कालीगण्डकीको बहाव बढेपछि फर्सेका नदी आसपासका घर बाढीको चपेटामा परेका हुन्। जोखिम बढ्नुअघि नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ […]