हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ। हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्गको बागलुङ‚ रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो। लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए। अहिले पूर्वी रुकुमतर्फबाट स्काभेटरको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। […]