कांग्रेस दोलखामा अजयबाबु शिवाकोटीको उम्मेदवारी

काठमाडौँ। नेपाली कांग्रेसले दोलखामा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ। शिवाकोटी सभापति गगनकुमार थापानिकट हुन्। थापा नेतृत्वको १३ सदस्यीय उम्मेदवार छनोट संसदीय बोर्डले शिवकोटीलाई दोलखामा उम्मेदवार बनाउने टुंगो लगाएको हो। सोमबार राति उम्मेदवारी टुंगो लागेसँगै शिवाकोटी दोलखामा मनोनयनका लागि पुगिसकेका छन्। “म उम्मेदवारी पक्का भएपछि दोलखा आएँ, भोलि मनोनयन गर्छु,” शिवाकोटीले भने। शिवाकोटी सभापति […]