आजको कार्टुन – प्रधानमन्त्रीलाई थेगिनसक्नु दबाब

काठमाडौं– भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्की अहिले चौतर्फी दबाबमा छिन् । एकातिर जेन-जीहरू दिनदिनै आन्दोलित छन् अर्कोतिर दलहरूको फरक-फरक अडानले तनाव बढाएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुधन गुरुङहरूको  माग पनि सुन्नुपर्ने बाध्यता छ  ।  यी सबै कुरालाई मिलाएर लैजानुपर्ने कूटनीतिलाई यो कार्टुनले दर्शाउँन खोजेको छ ।