लोकप्रियता, जनअपेक्षा र बालेन सरकारको राजनीतिक भविष्य

सरकार भनेको सबैको हुन सक्नुपर्दछ, सरकार युवाको मात्र होइन, सरकार आज जन्मन बाँकी शिशुदेखि अति वृद्धसम्मका नागरिकको समेत संरक्षक बन्न सक्नुपर्दछ । कुनै पनि सरकारको सफलता एउटा उमेर समूह, वर्ग वा राजनीतिक पक्षलाई खुशी पार्नुमा मात्र सीमित हुनुहुँदैन । राज्यका सबै नागरिकले सरकारलाई आफ्नो साझा अभिभावकका रूपमा अनुभूति गर्न सक्नु नै लोकतान्त्रिक शासनको वास्तविक उदाहरण […]