म्याग्दी– मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती डेढ महिनापछि सडक सञ्जालमा जोडिएका छन् । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बनाएका गाउँपालिकाका आठवटै वडाका सडक मर्मतपछि सञ्चालनमा आएका हुन् । गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनका अनुसार वडा नम्बर ५ स्थित पाउद्धार गाउँ जोड्ने […]