तातोपानी नाकाबाट दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए, नियमित सञ्चालनको माग

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट आइतबार तीनवटा मालवाहक कन्टेनर भित्रिएका थिए भने आज साँझसम्म सातवटा मात्रै कन्टेनर आएका छन् ।