राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार सभापति रवि लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय सचिवालय बैठकले संघ, प्रदेश र स्थानीय सरकारसँगै सम्बन्धित सबै पक्षको साझा प्रयासबाट विपद् व्यवस्थापन अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो। पार्टीका प्रवक्ता जगदीश खरेलका […]