पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष पोपमा निर्वाचित भएपछि उनको फ्रान्समा यो पहिलो आधिकारिक भ्रमण हो। उनी चारदिने भ्रमणका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई), धार्मिक आस्थावान युवासँगको भेट तथा युरोपको भावी एजेन्डालगायत विषयमा छलफल तथा सम्बोधन गर्नेछन् । पोप लियो चौधौँकी हजुरआमा अर्थात् बुवाकी आमा फ्रान्समा जन्मिकी थिइन्। स्थानीय समयअनुसार शुक्रबार बिहान […]