काठमाडौं– दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने ‘सेरोफ्लो रोटाक्याप’ औषधिको नक्कली संस्करण बजारमा बिक्री–वितरण भइरहेको फेला परेको छ । औषधि व्यवस्था विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त औषधिको नक्कली ब्याच बजारमा भेटिएको पुष्टि गरेको हो । विभागका अनुसार भारतको सिप्ला लिमिटेड, कुम्रेक, राङपो, सिक्किमद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ (साल्मेटेरोल तथा फ्लुटिकासोन प्रोपियोनेट इनहेलेसन पाउडर)को […]