सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ । “सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य […]