मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यदि अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको बृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएको हो । उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेकाे संवादका […]