काठमाडौँ नेशनल मेडिकल कलेजद्वारा निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सम्पन्न

अस्पताल प्रशासन प्रमुख दिलिप साहका अनुसार शिविरका अवसरमा विभिन्न विशेष सुविधा प्रदान गरिएको थियो। जसअन्तर्गत निःशुल्क ईसीजी, निःशुल्क टोटल कोलेस्ट्रोल तथा ब्लड सुगर परीक्षण गरिएको थियो भने इको परीक्षणमा ५० प्रतिशत र सबै ल्याब परीक्षणमा ३० प्रतिशत छुट दिइएको थियो। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।