झापा । इलामको रोङ गाउँपालिका-६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुन थालेको छ। सुन्तला उत्पादन र बिक्रीसँगै बगान अवलोकन गर्न र बोटबाटै ताजा सुन्तला टिपेर खान आउने पर्यटकको संख्यापनि बढ्दै गएको छ। पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ। […]