महाधिवेशनमा बाहिरिएका र असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने देउवा पक्षको रणनीति

काठमाडौँ । नेपाली कांग्रेसको पछिल्लो महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको आन्तरिक समीकरण र शक्ति सन्तुलनमा नयाँ तरंग देखा परेको छ। महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भए पनि पदाधिकारी तहमा मधेशी समुदायको सशक्त प्रतिनिधित्व हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। यसै असन्तुष्टिलाई राजनीतिक अवसरका रूपमा उपयोग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले मधेशमा आफ्नो संगठन […]