काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्तालगायत सीमा विवादका विषय भारतसँग स्पष्ट रूपमा उठाउनुपर्ने बताए। “भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालको शिर झुकाउने […]