सस्तो सारीको महँगो पहिचान!

एकदिन फुपूले तिमीलाई सारी उपहार दिन्छु जाऔँ न्युरोड भन्नुभयो। अब म दोधारमा परेँ, अन्ततः मौन सहमतिमै उहाँसँगै पसलतिर लागेँ। बिहेमा दुलहीलाई सारी रोजाए जसरी पसलेले मेरा अगाडि छरपस्ट रंगिविरंगी सारीहरू फिँजाए। तर विडम्बना! मेरो नजरले एउटा सारीलाई पनि दिलमा ठाउँ दिन सकेन।