लगानी बोर्ड बैठकमा तीव्र असन्तुष्टि: स्वीकृत ५५ मध्ये २ मात्रै आयोजना निर्माणमा

लगानी बोर्ड नेपाल अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा संयोजक तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वीकृत परियोजनाहरूको सुस्त प्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा अर्थमन्त्री वाग्लेले स्वीकृत ५५ वटा आयोजनामध्ये जम्मा दुईवटा मात्र निर्माण चरणमा पुग्नु “लाजमर्दो अवस्था” भएको टिप्पणी गरे। विदेशी लगानी स्वीकृत भइसकेपछि पनि लामो […]