स्कटल्याण्डको ईएमआरएससँगको सहकार्यमा नेपाल मेडिसिटीले सुरु गर्‍यो रिट्रिभल मेडिसिनमा एड्भान्स्ड ट्रेनिङ

मार्च २३ देखि २७ सम्म सञ्चालन हुने यस कार्यक्रमको उद्घाटन सत्र आइतबार गरिएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रमको उद्देश्य नेपालभर गम्भीर बिरामीहरूको सुरक्षित र प्रभावकारी स्थानान्तरण (ट्रान्सफर) क्षमता अभिवृद्धि गर्नु रहेको अस्पतालका अध्यक्ष डा उपन्द्र महतोले जानकारी दिए ।  यस तालिममा हेलिकोप्टरमार्फत उद्धार (एयरलिफ्ट), बिरामी व्यवस्थापन, तथा विशेष स्थानान्तरण प्रक्रियामा केन्द्रित अभ्यासहरू समावेश छन्।