तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन हजार २२ विद्यार्थीको मुटुको परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविमा विद्यार्थीको मुटुको परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए । […]