प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको छ ।  अद्यावधिक विवरणअनुसार पोखरेलले हालसम्म २४९ मत पाएका छन् भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । प्रारम्भिक मतगणनामा प्रतिस्पर्धा देखिए पनि थप मत गणनामा पोखरेलको अग्रता बढ्दै गएको देखिएको छ ।