अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

बर्दिया– बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय नगेन्द्र पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।