काठमाडौं। राजनीतिक दलका नेताहरुले ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका हतियार फिर्ता र फरार कैदीलाई पक्राउ गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन्। गत आन्दोलनका क्रममा लुटिएका हतियारसहित कारागारबाट फरार कैदी बाहिर रहेको अहिलेको अवस्थामा भय र अशान्तिको वातावरणसहित निर्वाचनका पक्षमा माहोल बन्न नसक्ने वस्तुस्थितिलाई दृष्टिगत गरी आवश्यक कदम चाल्न सरकारसँग अनुरोध गरेका छन्। […]