नेपाल सरकारले अमेरिकासहित विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकासहित चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। उनीहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्किन निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले […]