जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा सागरमा सम्पर्कविहीन भएको छ। ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामको उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो द्वीपको बान्जारमासिनतर्फ जाँदै थियो। यात्राका क्रममा सञ्चार सम्पर्कमा समस्या आएपछि जहाजसँग सम्पर्क टुटेको अधिकारीहरूले बताएका छन्। इन्डोनेसियाको खोज तथा उद्धार निकायका अनुसार विभिन्न जहाजको सहयोगमा १०३ जनालाई उद्धार गरिएको छ। उद्धार […]