कांग्रेस पदाधिकारीमा लुम्बिनीबाट को–को छन् उम्मेदवार ?

मंगलबार सम्पन्न मनोनयन दर्ताको कार्यक्रमअन्तर्गत विभिन्न पदहरूमा उम्मेदवारी दर्ता भएको थियो । जसमध्ये १२ जिल्ला रहेको लुम्बिनी प्रदेशबाट सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा उल्लेख्य मात्रामा उम्मेदवारी परेको छ ।