ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो । गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । […]