प्रतिनिधि सभाको १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, १२५ सिटसहित रास्वपा पहिलो

सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन्। मतगणनामा घन्टी चिह्नमै धेरै मत परेको पाइएको छ ।