वीरगञ्ज– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताएका छन् । पर्सा र बारा जिल्लाको ‘निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा अहिले मुलुकभरि निर्वाचनमैत्री वातावरण बन्दै गइरहेको उनले उल्लेख गरे । ‘अहिले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेका छन् । निर्वाचन प्रचारप्रसारमा मितव्ययिता कायम भएको […]