मेट्रो मार्केटमा आइएमएस सफ्टवेयरको ईआरपी प्रणाली सञ्चालन, स्वदेशी प्रविधिको नयाँ उपलब्धि

आइएमएस सफ्टवेयर प्रालिले मेट्रो मार्केटमा आफ्नो ईआरपी (Enterprise Resource Planning–ERP) प्रणाली सफलतापूर्वक सञ्चालनमा आएको घोषणा गरेको छ। यो पहल नेपाली रिटेल क्षेत्रमा स्वदेशमै विकास गरिएका डिजिटल समाधानहरूको प्रयोग बढाउने दिशामा एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। ईआरपी प्रणाली कार्यान्वयनपछि मेट्रो मार्केटले आफ्ना दैनिक रिटेल गतिविधिहरूलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न थालेको छ। […]