आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ। टर्कीको निकट सहयोगी अजरबैजानले उक्त निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको हो। अजरबैजानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलको निर्णयलाई ‘गम्भीर चिन्ताको विषय’ भन्दै यसले विद्यमान विभाजनलाई अझ गहिरो बनाउन सक्ने उल्लेख […]