१२ हजार वर्षपछि अफ्रिकामा फुटेको ज्वालामुखीको असर नेपालसम्म, यसको खरानी कति खतरनाक?

करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल बनेको थियो। त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो।