पोखरा– नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा तामाङसँगै भलिबलका रमेश केसी र टेनिसका निरज थापा पनि मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक तामाङलाई नगद ३५ हजार रूपैयाँको साथमा […]