चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ । थाहा नगरपालिका-९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।