संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा

ताप्लेजुङ–  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । हजारौँको सङ्ख्यामा चमेराको वासस्थान रहेको गुफा पर्यटकीय सम्भावना प्रशस्त भए पनि संरक्षण र प्रचारप्रसारको अभावमा गुमनाम छ।  सुरुम्खिमको अमटार बस्ती नजिकै रहेको गुफामा वर्षौंदेखि चमेरा बस्दैआएको स्थानीय श्याम तामाङले बताए। उनका अनुसार, दुई दशकअघि जति सङ्ख्यामा चमेरा देखिन्थे, अहिले पनि […]