यस्ता छन् शिक्षा मन्त्रालयको १०० दिने उपलब्धि

सरकारको प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले सम्हाल्दै आएका छन्। सरकार गठन भएयताको अवधिमा मन्त्रालयले परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार लगायतमा काम गरेको छ।