सुनसरी- ३ मा भगबती चौधरीको माहौल बलियो, ठूलो मतान्तरको दाबी

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगबती चौधरी अगाडि देखिएकी छिन्। चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकनका आधारमा अन्य उम्मेदवारभन्दा उनको अवस्था मजबुत रहेको एमाले नेताहरूको दाबी छ। अघिल्लो निर्वाचनमा चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजय हासिल गरेकी थिइन्। उनका प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय […]