‘डेडिकेटेड लाइन’ बक्यौता विवाद समाधानका लागि भएको सहमति कार्यान्वयन नहुँदा उद्योगीहरूले प्रधानमन्त्रीलाई पुनः हस्तक्षेपका लागि गुहारेका छन्। प्रधानमन्त्री शुशिला कार्कीसँग भएको सहमतिअनुसार उद्योगीहरूले बक्यौता रकमको २८ किस्तामध्ये एक किस्ता बराबरको रकम धरौटी राखे पनि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले त्यसको अनुपालन नगरेको उनीहरूको आरोप छ। २०७२ र २०७३ सालको लोडसेडिङ अवधिमा बाल्दै नबालेको बिजुली […]