काठमाडौँ । मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको सङ्घारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो सङ्गठनात्मक संरचनालाई नयाँ स्वरूप दिने कसरत तीव्र पारेको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले देशभरका क्रियाशील सदस्यहरूको अद्यावधिक विवरण सार्वजनिक गर्दै सङ्गठन शुद्धीकरण र पुस्तान्तरणको सन्देश दिन खोजेको देखिन्छ। पार्टीको पछिल्लो तथ्याङ्कअनुसार वडा, नगर, क्षेत्र र केन्द्रमा सक्रिय रहेका करिब […]