नेपालगञ्ज– नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा जेन-जी प्रदर्शनपछि बाँके कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको हो । अनुगमन पश्चात् नेपालगञ्ज कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । […]