छठ पर्वको तयारीमा स्थानीय हाटबजारमा भीड

सिरहा। लक्ष्मीपूजाको छैटौँ दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिनदेखि सुरु हुने छठपर्व नजिकिँदै गर्दा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारहरूमा किनमेलको चहलपहल बढेको छ । लहान नगरपालिका–५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीड देखिएको छ । बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद गर्न […]