मौद्रिक नीतिको समिक्षापछिको पहिलो सर्कुलर जारी, ओभरड्राफ्ट लगायतका कर्जा सहजीकरणमा जोड

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेटिएका नयाँ व्यवस्थालाई लागू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशनसहित सर्कुलर जारी गरेको छ। मौद्रिक नीतिमा परिमार्जन गरिएका केही महत्त्वपूर्ण प्रावधान अब औपचारिक रूपमा कार्यान्वयनमा आउने भएका छन्। बाढी–पहिरोपीडित इलामसहितका क्षेत्रमा रहेको उद्यम तथा व्यवसायलाई सहज बनाउने उद्देश्यले त्यहाँ प्रवाहित कर्जाको पुनरसंरचना ऋणीको अनुरोधमा […]