काँग्रेस बैठकमा गगनको ब्रिफिङ : देउवासँग संवादका लागि चार पटक समय माग्दा पनि भेट हुन नसकेको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद गर्न प्रयास गरे पनि भेटवार्ताको समय प्राप्त हुन नसकेको बताएका छन्। दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले देउवाको सचिवालयमार्फत चार पटक भेटका लागि समय माग्दा पनि भेट हुन नसकेको जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए। […]