जेन-जी आवरणमा धम्क्याउने अर्जुन शाहीमाथि मुद्दैमुद्दा, विदेश पठाइदिने भन्दै ठगी

काठमाडौं। जेन-जी समूहको अगुवा भन्दै २६ वर्षीय अर्जुनबहादुर शाही केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पुगेका थिए। अख्तियार प्रमुख प्रेमकुमार राईसँग भेटेर उनले हप्कीदप्की गरे। सुशासनमा ख्याल राख्नुपर्ने अन्यथा जेन-जीले नछोड्ने भन्दै धम्क्याए। तिनै शाही नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई भेट्न पुगेका थिए। त्यहाँ पनि उनी धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका थिए। शाही नेपाल […]