राप्रपा नेता थापाद्वारा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको विरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। नेता थापाले विज्ञप्ति जारी गर्दै अर्थमन्त्री वाग्लेको उक्त भनाइ आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको आरोप लगाए। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा नटिकेको स्पष्ट पार्दै उनले विदेशी […]