सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला  एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। […]