नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा

घटना भएको समयमा आकस्मिक कक्षमा उपचारमा संलग्न रहेका डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रहलाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई तत्काल जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ। छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसको सिफारिसका आधारमा थप प्रक्रिया अघि बढाइने अस्पतालले जनाएको छ।