नेपाली पर्वतारोहणको इतिहासमा अहिले पुरुष आरोहीहरूसँगै महिला आरोहीहरूको पनि उत्तिकै उल्लेखनीय वृद्धि भएको छ। कीर्तिमानहरू महिलाको नाममा पनि धेरै थपिएका छन्। पछिल्लो समय यो इतिहासमा महिलाहरूले पनि आफ्नो साहसको नयाँ पाना थपिरहेका छन्। तीमध्ये अग्रपंक्तिमा आउने एउटा नाम हो— पूर्णिमा श्रेष्ठ। एउटा हातमा क्यामेरा बोकेर काठमाडौँका सडक र गल्लीहरूमा दौडिने फोटो पत्रकार कसरी हिमालको चुचुरोमा […]