संसद्मा टेबल भइसकेको आर्थिक विधेयकमा आफूखुसी गरिएको करसम्बन्धी संशोधनलाई वैधानिकता दिलाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् सचिवालयमा ‘त्रुटि सुधार’को नाममा संशोधन प्रस्ताव पठाएका छन् । संसद् सचिवालय स्रोतले बिजपाटीलाई दिएको जानकारी अनुसार अर्थमन्त्रीको तर्फबाट पठाइएको त्रुटिसुधारसम्बन्धी पत्र १७ जेठमै सचिवालयमा पुगेको थियो । तर, प्रतिनिधिसभामा टेबल भइसकेको विधेयकमा सचिवालयले प्रत्यक्ष रूपमा संशोधन दर्ता गर्न नमिल्ने […]