काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी पन्ध्रौँ महाधिवेशनको कार्यतालिका ल्याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ । त्यहीअनुसार उनले केन्द्रीय महाधिवेशन भदौ २४ […]